बसुन्धराको पार्टी कार्यालय बालाजुमा सार्ने रास्वपाको तयारी

काठमाडाैं | असार ४, २०८०

बसुन्धराको पार्टी कार्यालय बालाजुमा सार्ने रास्वपाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय सर्ने भएको छ। आगामी असार ७ गते पार्टी स्थापनाको दिन पारेर कार्यालय सार्न लागिएको महामन्त्री एवम् प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिएका छन्।

 

हाल रास्वपाको केन्द्रीय कार्यालय बसुन्धारामा छ र बालाजुमा रहेको डा। भरतमणी देवकोटाको घरमा कार्यायल सार्न लागिएको हो। उक्त घरको मासिक ३ लाख ५० हजार भाडा तिर्ने सम्झौता भएको छ।

 

प्रवक्ता ढकालले अहिले भइरहेको कार्यालय सानो भएको भन्दै पार्टीका बैठकसमेत गर्नका लागि पर्याप्त नभएकोले सर्न लागिएको बताएका छन्। 

 

उनका अनुसार अब सर्न लागिएको ५ तले भवनमा केन्द्रिय समितिको सबै बैठक गर्न पर्याप्त स्थान हुनेछ। रास्वपाले पार्टी स्थापनाको एक वर्ष पुगेका अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्न लागेको छ। 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्